Logo १४ माघ २०८२, बुधबार | Thu Jan 29 2026


भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न आवश्यक : दाहाल


0
Shares

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमन्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गरेका उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री दाहालले भने–‘विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धि–सम्झौता असमान छन्, त्यसलाई पुनरावलोकन गर्नुपर्छ ।’

नेता दाहालले विगतमा सबै राजनीतिक दल मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने बताए ।

भेटमा समूहका तर्फबाट डा. भेषबहादुर थापा, नीलाम्बर आचार्यलगायतको सहभागिता थियो । रासस