
पार्टी एकता गर्ने घोषणा गरेका दुई दलले गठन गरेको पार्टी एकता संयोजक समितिको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा पार्टी विचार, सिद्धान्त तथा नेतृत्वलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यी विषयमा सहमति जुटेमा पार्टी संयुक्त कार्यदल गठन गर्ने तयारी दुई दलको छ ।
समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।
प्रतिक्रिया दिनुहोस्