११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. त्रिपाठीलाई


0
Shares

काठमाडौं, असार १४ । डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले विभिन्न व्यक्तिहरुलाई पुरस्कृत र सम्मानित गरेको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अंगूरबाबा जोशीले उनीहरुलाई सम्मान गरेकी हुन् ।

सम्मानित हुनेहरुमा डा. बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. वासुदेव त्रिपाठी, चन्द्रकुमारी हिमालयराज जोशी स्वास्थ्य सेवा पुरस्कार मानवसेवा आश्रम काठमाडौं, दीपकुमारी पिताम्बरप्रसाद पन्त समाजसेवा पुरस्कार नेत्रहीन केटीहरुको छात्राबास संस्था काठमाडौं र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त पुरस्कार अधिवक्ता कुसुम श्रेष्ठलाई प्रदान गरियो ।