२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


जाजरकोटमा भाइरलका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो


0
Shares

जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए ।

भण्डारी तीनदिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सन्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए ।

यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । रासस