
मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले आयोगका पछिल्लो गतिविधि नियाल्दा देशी–विदेशी शक्तिको ‘तुरुप’कोरुपमा प्रयोग भइरहेको आभास हुने बताए ।
वर्तमान सरकाले जनादेश र संविधानविपरीत गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै राईले ‘यो सरकारले गरेका निर्णय नयाँ सरकारलाई मान्य हुँदैन’–भने ।
उनले वाम गठबन्धन टुटाउन देशी–विदेशी शक्ति लागिपरेको जिकिर पनि गरे ।
प्रदेश नम्बर–१ को मुख्यमन्त्री आफू बन्ने भन्दै उनले त्यसका लागि आफू पूर्णरुपमा तयार रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्