
तेल बोकेको पानीजहाज अझै जलिरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । सान्ची नामक उक्त पानीजहाजले १० लाख व्यारल तेलको कच्चापदार्थ विषालु तथा विस्फोटक हुने ‘कन्डेन्सेट’ बोकेको थियो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पानीजहाज विस्फोट हुने र डुब्ने खतरा रहेको जनाएको छ ।
उक्त तेल बोकेको जाहाजबाट हराइरहेका ३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्य मध्ये एक जनाको शव भने फेला परेको अधिकारीहरुले बताएका छन् । त्यस्तै मालबाहक पानीजहाजबाट २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ ।
ट्यांकरबाट लगातार इन्धन चुहिरहेपछि वातावरणीय विध्वंसको त्रास बढेको बताइन्छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । एजेन्सी
प्रतिक्रिया दिनुहोस्