ओली बुधबार बैंकक जाने • Image Khabar Image Khabar


ओली बुधबार बैंकक जाने


Imagekhabar
२५ पुष २०७४, मंगलवार १९:२८

ओली बुधबार बैंकक जाने

उनी बुधबार मध्याह्न साढे १२ बजे थाइ एअरवेजबाट बैंकक जाने तय भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनकाअनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन् ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानेछन् ।

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् ।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जान लागेका हुन् । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भएपनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन् ।

स्वास्थ्य परीक्षण गराइ उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस्