दाङमा प्रदेश राजधानी नबनाइए आन्दोलनमा उत्रिने महराको चेतवानी • Image Khabar Image Khabar


दाङमा प्रदेश राजधानी नबनाइए आन्दोलनमा उत्रिने महराको चेतवानी


Imagekhabar
२५ पुष २०७४, मंगलवार १९:३७

दाङमा प्रदेश राजधानी नबनाइए आन्दोलनमा उत्रिने महराको चेतवानी

मंगलबार तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले समग्र दाङको विकासका लागि आफूले कुनैपनि कसर बाँकी नराख्ने बताए ।

उनले वाम गठबन्धनको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताए ।

उनले दाङमा प्रदेश नम्बर–५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङमा राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने चेतवानी पनि दिए ।

सोही कार्यक्रममा दाङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हिराचन्द्र केसी, प्रदेशसभामा दाङ–३ को २ बाट निर्वाचित भएका उत्तरकुमार वलीले निर्वाचनकाक्रममा आफूले जनतासँग गरेका वाचा पूरा गर्न सक्दो पहल गर्ने बताए ।

सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतकाले मन्तव्य दिएका थिए ।

कार्यक्रम तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्