
बजार परिसूचक नेप्से १२ अंकले बढेर १४ सय ५६ विन्दुमा पुग्यो । होटल समूह सबैभन्दा उच्च ६० अंकले बढ्यो । बिमा समूह ३४ अंकले, लघुवित्त समूह १७ अंकले, विकास बैंक समूह १४ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि १२ अंकको सुधार आयो ।
यसदिन पनि कारोबार परिमाण भने औसत नै रह्यो ।
१५९ कम्पनीका ९ लाख २४ हजार कित्ता सेयर ५१ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्