२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एजेन्डा हुनेले पार्टीको नेतृत्व गर्नुपर्छ : कांग्रेस प्रवक्ता


0
Shares

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बुधबार पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा शर्माले अब कांग्रेसको नेतृत्व उमेर हुनेलेमात्र नभएर एजेन्डा हुनेले गर्नुपर्ने बताए ।

पार्टी प्रवक्ताकोरुपमा पहिलो पत्रकार सम्मेलन गरेका शर्माले ‘कांग्रेस पार्टी भूकम्पपछिको नेपालजस्तै बनेको र पुनःनिर्माणका लागि तयारी भइरहेको’ भन्दै केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बस्ने बताए ।

शर्माले पार्टी प्रवक्ता नियुक्ति हुनुअघि नेतृत्व हस्तान्तरणको माग आफूले गरेको तर विशेष महाधिवेशनको माग नगरेको जिकिर गरे ।

डा. गोविन्द केसीसम्बन्धी जिज्ञासामा उनले कार्यसम्पादन समितिको बैठक नबसी केही भन्न नमिल्ने बताए ।