२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘वाम गठबन्धनलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुन्छ’


0
Shares

रिपोर्टर्स् क्लबले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए ।

संविधान निर्माणकाक्रममा रहेका केही कानुनी अस्पस्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उनले भने‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ । त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ ।’

प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उनले औंल्याए ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरणमा पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन आफ्नो पार्टीले सार्वजनिक बिदा माग गर्दै आएकामा सरकारले यसपटक बिदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रस्ट पारे । रासस