१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


एशियाको आर्थिक बृद्धि सन्तोषजनक: एडिबी


0
Shares

काठमाडौं , चुनौतीका वाजदुज यो बर्ष एशियाको आर्थिक बृद्धि सन्तोषजनक रहने एशियाली विकास बैंकले जनाएको छ ।

बैंकले एशियन डेभलपमेन्ट आउटलूक २०१८ सार्वजनिक गर्दै चीन र अमेरिका व्यापार द्वन्दका बावजुद यस क्षेत्रको बृद्धिदर सन्तोषजनक रहने देखिएको जनाएको हो ।

यो बर्ष एशियाले ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने र अर्को बर्ष २०१९ मा भने ५ दशमलब ८ प्रतिशत रहने एडिबीको प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय वस्तुमा न्यून मूल्य र केन्द्रीय बैंकका हस्तक्षेपका कारण यस बर्ष मूल्य बृद्धि दर २ दशमबल ६ प्रतिशतमा सिमित हुने पनि प्रतिवेदनमा जनाइएको छ ।

अमेरिका र चीन बीच हाललाई व्यापार करमा सहमति हुनु स्वागयोग्य कदम रहेको तर स्थायी समाधान नहुञ्जेल यस क्षेत्रको आर्थिक समृद्धिका लागि जोखिम भने रही रहने पनि उसको भनाइ छ ।

विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको चीनको यो बर्ष आर्थिक बृद्धि ६ दशमलब ६ प्रतिशत हुँदा भारतले ७ दशमलब ३ प्रतिशतको बृद्धि हासिल गर्ने एडिबीको प्रक्षेपण छ ।