Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


सन् २०१८ को डिसेम्बरसम्म १० लाख पर्यटक भित्रिए


0
Shares

काठमाडौं । सन् २०१८ को ११ महिनासम्ममा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले जनाए अनुसार सन् २०१८ को नोभेम्बरसम्ममा हवाईमार्ग भएर १० लाख पर्यटक भित्रिएको जनाएको हो ।

यो संख्याको पर्यटक आगमनलाई बोर्डले कोशेढुंगा भनेको छ ।

नोभेम्परसम्ममा १० लाख १ हजार ९ सय ३० विदेशी नेपाल आएको बोर्डले जनाएको छ । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो ।

बोर्डले स्थलमार्ग भएर आएका पर्यटकको संख्या यसमा समावेश नगरिएको जनाएको छ ।

यसअवधिमा सबैभन्दा धेरै १ लाख ७८ हजार भारतीय पर्यटक नेपालमा आएका छन् ।

भारतपछि दोस्रो स्थानमा चिनियाँ पर्यटकको संख्या बढी छ । चीनबाट १ लाख ३४ हजार जना पर्यटकले नेपालको भ्रमण गरेको जनाएको छ ।

यस्तै अमेरिकाबाट ८२ हजार, बेलायतबाट ५७ हजार, जर्मनीबाट ३४ हजार जना पर्यटक नेपाल आएको जनाइएको छ ।