Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


शेयर बजारमा सुधार, नेप्से ७ अंकले उकालो


0
Shares

काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार सकारात्मक रह्यो । बजार परिसूचक नेप्से ७ अंकले उकालो लागेर ११ सय ४८ पुग्यो ।

होटल, अन्य र वित्त समूह नगन्य अंकले रातो रहे बाहेक अरु समूह सकारात्मक रहे ।

निर्जीवन बीमा समूह सबैभन्दा उच्च ६५ अंकले उकालो लाग्यो । जीवन बीमा समूह ३० अंकले बढ्यो ।

लघुवित्त समूह पनि दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकले सकारात्मक रहेका हुन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५४ कम्पनीको ९ लाख ९७ हजार कित्ता शेयर ३२ करोड ३८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।