२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


घलेले लमजुङमा ल्होसार मनाउने


0
Shares

च्य ल्हो (चरा वर्ग) को बिदाइ गरी खि–ल्हो (कुकुर वर्र्ग) को स्वागत गर्दै घले समुदायले माघ १ गते ल्होसार मनाउने भएका हुन् । घलेहरुले गत वर्ष गोरखाको बारपाकमा जम्मा भएर ल्होसार मनाएका थिए ।

यो वर्ष लमजुङ सदरमुकाम बेसीसहरमा बृहत साँस्कृतिक कार्यक्रमका साथ ल्होसार मनाउन लागिएको लिल फङ (घले समाज) लमजुङले जानकारी दिएको छ ।

बेसीसहरको फूलबारी मञ्चमा हुने ल्होसारमा परम्परागत भेषभूषा र संस्कृतिसहितको झाँकी र्‍याली प्रदर्शन, घाँटु, सोरठी, स्यार्का नाच र समुदायका लागि योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्नेलगायत कार्यक्रम रहेको लिल फङ लमजुङका अध्यक्ष वीरसिंह घलेले जानकारी दिए ।

घले जातिलाई सरकारले अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ ।

देशका विभिन्न स्थानमा बसोबास गर्ने घलेको जनसंख्या ४ लाख ५० हजार रहेको बताइएको छ ।