
नदीजन्य पदार्थको चरम दोहोनसँगै नदीले कटान तीव्र पारेपछि सुनवल नगरपालिकाले नियन्त्रणको प्रयास सुरु गरेको हो ।
नगरपालिकाले नदीजन्य पदार्थको व्यवस्थापन र चोरी नियन्त्रण गर्न वडाध्यक्ष कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिमा १३ ओटै वडाका वडाध्यक्ष सदस्य छन् ।
प्रहरीको सहयोगमा समितिले दिनहुँ खोलाहरुमा पुगेर अवैधरुपमा चोरीमा संलग्न सवारी–साधन नियन्त्रणमा लिन थालेको छ ।
खोलाहरुमा ठेक्का नलाग्दा चोरी बढेकाले ३५ दिने अभियान सन्चालन गरेर नियन्त्रणको थालनी गरिएको हो । नदीजन्य पदार्थको ठेक्का नलागेसम्म चोरी नियन्त्रणको अभियान जारी राख्ने नगरपालिकाले जनाएको छ ।
नदीजन्य पदार्थको चोरीकार्य नरोकिएकाले जनप्रतिनिधिहरु नै खोलामा पुगेर अवैधकार्यमा संलग्न भएका सवारी–साधनलाई नियन्त्रणमा लिन थालिएको वडाध्यक्ष एंव अनुगमन समितिका संयोजक देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्