धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा सप्तरीमा कम्बल वितरण • Image Khabar Image Khabar


धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा सप्तरीमा कम्बल वितरण


Imagekhabar
२७ पुष २०७४, बिहीबार १३:१६

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा सप्तरीमा कम्बल वितरण

सो फाउन्डेसनद्वारा बुधबार सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्यांकेट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए ।

तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कुल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्यांकेट वितरण गरिएको धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष तथा हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

यस्तै, शीतलहरबाट प्रभावित सप्तरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्यांकेट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म ८ जनाकोमात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्