काठमाडौं । ए डिभिजन लिग फुटबलमा आजबाट आठौं चरणका खेलहरु सुरु भएका छन् ।
आठौं चरणको पहिलो खेलमा सरस्वती क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।
एन्फा मैदान सातदोवाटोमा भएको खेलमा सरस्वतीले एनआरटीलाई १–० ले हराएको हो ।
खेलमा सरस्वतीलाई विजयी गराउन अफ्रिकी खेलाडी भिक्टर अमोबेले ७३ औं मिनेटमा पेनाल्टी प्रहारमार्फत गरेको गोल निर्णयक बन्यो ।
जितसँगै सरस्वती क्लबले ८ खेलबाट ९ अंक जोड्न सफल भएको छ ।
तालिकाको पुछारमा रहेको एनआरटीले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्