
विश्व कीर्तिमान परिषद्को आयोजनामा आगामी माघ २७ गते काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रमको बिहीबार सन्चारमन्त्री मोहनबहादुर बस्नेत अैपचारिक रुपमा थालनी गरेका हुन् ।
गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश विश्वभर दिन टुँडिखेलमा ५० हजारभन्दा बढी मानिसले एकै स्वरमा बुद्धको वाणी वाचन गराउन लागेको विश्व किर्तिमान परिषदका अध्यक्ष दिपक शर्मा बजगाईले जानकारी दिए ।
सन्चारमन्त्री बस्नेतले कार्यक्रमका लागि ५१ हजार रुपैया सहयोग गर्ने बचन दिए । आफूले कार्यक्रममा ५ सय जनाको हाराहारीमा सहभागि ल्याउने पनि बताए । पूर्वराजदुत जयराज आचार्यले कीर्तिमान कायम गर्न ५० हजार मानिस आवश्यक पर्ने हुँदा जनशक्ति जुटाउन थप प्रचार गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्