
उदयपुर । जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलका नगरपालिका–३ का ५० बर्षिय बुद्धिमान मगर छन् ।
कोसी टप्पु बन्यजन्तु आरक्षणबाट गाउं प्रवेश गरेको हात्तीको आक्रमणबाट गोठालो गएका मगरको घटनास्थलमै मृत्यु भएको हो ।
उनको शव कोसी टप्पुको लेमन ग्रास रोपियकने क्षेत्रमा फेला परेको थियो । उदयपुरमा केहि दिनदेखि जंगली हात्तिको त्रास बढेको छ ।
५ वटा समुहमा रहेका हात्तीले अन्नबाली, फलफूलमा असर पुर्याउने र घरहरु भत्काउने गरेको स्थानीयले बताएका छन् ।
विशेष गरेर त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा हात्ती जंगलबाट प्रवेश गर्ने क्रम बढेको हो ।
प्रतिक्रिया दिनुहोस्