२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिरहा र सर्लाहीमा जाडोले कठ्यांग्रिएर थप चारजनाको मृत्यु


0
Shares

सिरहा अर्नमा लालपुर गाउँपालिका ३ का ६५ वर्षीय कारी यादव र धनगढीमई नगरपालिका १२ का ५५ वर्षीय खुसिलाल मुखिया मलहानको जाडोले कठ्याङ्ग्रीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो सहित सिराहामा चिसोबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यता, सर्लाहीमा पनि चिसोका कारणले थप दुईजनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका- १४ हरकठ्वाकी ७५ वर्षीया थपाइन देवी चौधरी र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी ६० वर्षीया सेखआस महम्मदको कठ्यांग्रिएर ज्यान गएको हो । उनीहरु दुबैको गएराती सुतेकै ठाउँमा मृत्यु भएको स्थानीयले बताएका छन् ।