
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा बिहीबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका गोल वजारमा खाद्य मेला २०७४ शुरु भएको हो ।
परम्परागत पोषिला स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण खाने बानीको विकास गर्न मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको खाद्य मेलामा स्थानीय परम्परागत पोषिला खाने परिकार, सुदूरपश्चिमेली पहाडी, थारु समुदायको मौलिक खाद्य मकै, कोदो, फापर, च्याउ, माछालगायतका परिकार राखिएका छन् । मेला माघ २ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्