२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानन्यायाधीश पराजुलीका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने


0
Shares

सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाईका क्रममा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनको हैसियत के हुने भन्ने प्रश्न उब्जेको छ ।

एकथरी नैतिकताको आधारमा पराजुलीले कामबाट अलग बस्नुपर्ने बताइरहेका छन् भने अर्काथरी निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको जिकीर गरिरहेका छन् ।

यसबारेमा वकीलहरुको साझा संस्था नेपाल बार एशोसिएशनको धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।