
संक्रान्ति नजिकिएसँगै जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बागमती, मलंगवा, बयलवास, हरिपुर जस्ता मूख्य बजार र ग्रामीण भेगका हाट बजारमा सरसामान किन्नेको भीड बढेको छ ।
माघे संक्रान्ति आउन तीन दिन बाँकी रहँदा बजारमा तिल, सख्खर, भुजा, तरुल, चिउरा जस्ता खाद्य वस्तुको व्यापार बढेको हो ।
माघ १ गते मनाइने माघे संक्रान्तिमा यस्ता वस्तुबाट विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।
जिल्लाका मगर र थारु समुदायले सोही दिन विशेष हर्षोल्लासका साथ माघी पर्व मनाउने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्