१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


रसुवामा आवास निर्माणका लागि १ हजार ९ सय ४२ जना जनशक्ति तयार


0
Shares

भूकम्पपछि पुनर्निमाण कार्यमा दक्ष जनशक्ति उत्पादन गरि निजी आवास निमार्ण गर्न पुनर्निमाण कार्यालय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत तालिम संचालन गरिएको हो ।

सञ्चालन गरिएको कार्यक्रमबाट जिल्लाका १ हजार ९ सय ४२ जनाले डकर्मी, सिकर्मीलगायतका तालिम लिएका छन् ।

भूकम्पले भत्किएको घर एकैसाथ निर्माण गर्दा दक्ष जनशक्तिको अभाव हुँदै जाँदा कार्यालयले जिल्लाको विभिन्न स्थानमा तालिम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

३२ महिनाअघि गएको भूकम्पले जिल्लाको करिब ९८ प्रतिशत घर पूर्ण क्षति भएपछि अहिले निर्माण हुने घर भूकम्प प्रतिरोधी बनाउनका लागि दक्ष जनशक्ति तयार पारिएको हो ।

जिल्लामा हाल सम्म अठार प्रतिशत मात्र निजी आवास निर्माण भएको बताईएको छ ।