राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिए माओवादी केन्द्रका मन्त्रीहरु • Image Khabar Image Khabar


राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिए माओवादी केन्द्रका मन्त्रीहरु


Imagekhabar
२८ पुष २०७४, शुक्रबार १२:४३

राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिए माओवादी केन्द्रका मन्त्रीहरु

सरकारमा गएको ८ महिनापछि माओवादीका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन् ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीका तर्फबाट मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।

यसअघि, उनीहरुले आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका थिए ।

पार्टी बैठकपछि मन्त्री पोखरेल मन्त्रिपरिषदबाट फिर्ता आउने अध्यक्ष पुष्पकमल दाहालको पत्र लिएर सिंहदरबार पुगेका थिए ।

पत्रमा दाहालले निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गर्दै ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् ।

सरकारमै रहेर विपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर बिनाविभागीय हैसियतमा झारिदिएका थिए ।

बिनाविभागीय भइसकेपछि पनि विभिन्न बहानामा माओवादीका मन्त्रीहरु सरकारमै रहेर कामैबिना तलबभत्ता बुझिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्