२ असार २०८२, सोमबार | Mon Jun 16 2025


अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी


0
Shares

सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी एउटा महत्वपूर्ण सम्झौताबाट पछि हट्ने संकेत दिँदै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

उक्त सम्झौताले इरानमाथिका थुपै्र प्रतिबन्ध हटाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने इरानले आणविक इन्धन प्रशोधनको काम जारी राखेकाले इरानमाथिको प्रतिबन्ध कडा पार्नुपर्ने तर्क गर्दै आएको छ ।

यस विषयमा निर्णय गर्न राष्ट्रपति ट्रम्पलाई एकदिनकोे समय छ । उक्त समयभित्रै अमेरिकाले इरानमाथि थप नाकाबन्दी घोषणा गर्ने ट्रम्प सरकारका एक मन्त्रीले बताएका छन् । एजेन्सी