२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


खिचरा महोत्सव सुरु (७ तस्वीर)


0
Shares

थारु जातिको माघीपर्व (खिचरा)को अवसरमा शुक्रबारदेखि चितवनमा सुरु भएको ‘पाँचौं खिचरा महोत्सव–२०७४’ को उद्घाटन गर्दै मन्त्री दहितले एउटा जाति, भाषा र संस्कृतिको संरक्षणलेमात्रै राष्ट्रिय एकता बलियो नहुने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको औंल्याए ।

उनले शुक्रबारै सरकारले मन्त्रिपरिषदमार्फत् मुस्लिम समुदायका लागि काठमाडौंको स्वयम्भूमा जामे मस्जिद निर्माणार्थ १० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

महोत्सव उद्घाटनअघि विविध झाँकीसहितको र्‍याली निकालिएको थियो ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित सुरु भएको महोत्सव माघ ८ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ ।

थारु संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

महोत्सवको आकर्षणकोरुपमा थारु जतिको मुख्य खानाको परिकारमध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ति प्रदर्शनीमा राखिएको छ । महोत्सवमा करिब २०० ओटा स्टलहरु रहेका छन् ।

महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने र झन्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।