काठमाडौंमा नेपाली-जापानी कलाकारले गुन्जाए १४ लोकधुन • Image Khabar Image Khabar


काठमाडौंमा नेपाली-जापानी कलाकारले गुन्जाए १४ लोकधुन


Imagekhabar
२९ पुष २०७४, शनिबार ०८:४५

काठमाडौंमा नेपाली-जापानी कलाकारले गुन्जाए १४ लोकधुन

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् ।

लामाद्वयले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु द लाइट’ शीर्षकमा प्रस्तुति दिँदा मित्सिगुले गीतारमा साथ दिएका थिए । उक्त कार्यक्रममा ‘टोकियो नाइट धुन’ समेत प्रस्तुत गरिएको थियो ।

यस्तै ‘द हिमालयन’, ‘लाम्बादा’, ‘डान्सिङ बर्ड’, ‘क्याराभान’, ‘वनचरी’, ‘ए कान्छा’लगायत शीर्षकका गीतमा तीनै कलाकारले लोकधुन प्रस्तुत गरेका थिए ।

नेपाली र जापानी संगीतलाई एकै थलोमा प्रस्तुत गर्न चौतारी साँझ आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

चौतारी साँझबाट संकलित रकम सर्लाहीको हरिवन नगरपालिका– ५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि प्रदान गरिने जनाइएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्