१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुन्तलाका लागि पकेट क्षेत्रमै उत्पादन घट्यो


0
Shares

सुन्तला पकेट क्षेत्र घोषणा गरिएका अमलावास, पालुङ्गौनादी, मुझुङ भुवनपोखरी, सोमादी, जल्पालगायतका स्थानमा गतवर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन आधाले घटेको हो ।

सुन्तलाको फल लाग्ने बेला असिना र किराको प्रकोप देखिएपछि उत्पादनमा कमी आएको कृषकले बताएका छन् ।

बार्षिक ६ लाख रुपैयाँको सुन्तला बिक्री गर्दै आएका किसानले यस वर्ष दुई लाखको मात्रै बिक्री गरेको बताएका छन् ।

पाल्पामा उत्पादित सुन्तला बुटवल, भैरहवा, नारायणगढ, काठमाडांैलगायतका शहरहरुमा बिक्री हँदै आएको छ ।