Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


आइएमइ लाइफ र एनआइसी एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता


0
Shares

काठमाडौं, मंसिर २६ । आइएमइ लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआइसी एसिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

योसँगै अब बैंकको कुनैपनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमइ लाइफ इन्स्योरेन्सको जीवनबिमा गराउनका साथै जीवनबिमासम्बन्धी जानकारी प्राप्त गर्नसकिने भएको जनाइएको छ ।