Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा शाक्य


0
Shares

महासंघको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एशोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागितामा भएको सो सभाले सो कार्यसमितिको पदेन अध्यक्षमा निवर्तमान अध्यक्ष जंगबहादुर श्रेष्ठ, सहअध्यक्षमा गणेशबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा गिरिराज गौतम, प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा बलराम भण्डारी, मदन महर्जन र हिराबहादुर प्रधान, तृतीय उपाध्यक्षमा नरेशप्रसाद सिंह, शैलेन्द्रमोहन झा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुइँटेल निर्वाचित भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर निर्वाचित भएका छन् भने वस्तुगत संघमध्येबाट उपाध्यक्षमा माधव केसी, एशोसिएट सदस्यमध्येबाट उपाध्यक्षमा विजु शाक्य, महासचिवमा सुमन सुवाल, कोषाध्यक्षमा धर्मनन्द श्रेष्ठ, सचिवमा विश्वराम दुवाल, सहकोषाध्यक्षमा यज्ञबहादुर थापा निर्वाचित भएको महासंघले जनाएको छ ।

शाखा÷जिल्ला संघबाट केन्द्रीय सदस्यमा केदारकुमार कटुवाल, सलिनालामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ र कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।