
तेल बोकेको सान्छी नामक पानी जहाज र कार्गो पानी जहाज गत जनवरी ६ मा दुर्घटनामा परेको थियो ।
इरानी अधिकारीहरुले ट्याङकरमा रहेका ३० इरानियन र दुई जना बंगलादेशी चालक दलका सदस्य सबैको मृत्यु भएको जनाएको छ ।
पानीजहाजले १० लाख ब्यारेल तेलको विषालु र विस्फोटक स्वरुप कण्डेन्सेट बोकेको थियो ।
हिजो मात्र चालक दलका दुई सदस्यको शव र ब्ल्याक बक्सको रेकर्डिङ यूनिट फेला पारेका थिए । २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको थियो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्याङ्कर इरान तर्फ जांदै थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्