२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने


0
Shares

काठमाडौं, पुस ३० । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३/७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आज सम्पन्न दशौँ वार्षिक साधारणसभाले रु ५५ प्रति शेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ ।

साधारणसभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको थियो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यसवर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए ।

उनले आव २०७३/७४ मा खुद मुनाफा रु १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई एक करोड ७६ लाखभन्दा बढी ग्राहक महानुभावलाई नवीनतम प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको जानकारी दिए ।

उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए । रासस