१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पुँजी बजारमा गिरावट, यस्तो छ पछिल्लो अवस्था


0
Shares

बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १४ सय ३१ विन्दुमा आइपुग्यो ।

यसदिन जलविद्युत र टेलिकम सूचीकृत अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।

यसदिन जलविद्यतु समूह सबैभन्दा उच्च ५५ अंकले बढ्यो भने बीमा समूह सबैभन्दा उच्च ९७ अंकले ऋणात्मक रह्यो ।

उत्पादनमूलक ४८ अंकले, लघुवित्त २६ अंकले, होटल २५ अंकले र विकास बैंक समूह पनि २० अंकले ओरालो लागे ।

अन्य समूह भने साढे ३ अंकले सकारात्मक रह्यो । यस दिन कारोबार परिमाण पनि न्यून नै रह्यो ।

१ सय ५२ कम्पनीको ६ लाख ७० हजार कित्ता शेयर ३२ करोड ८३ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।