Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


त्रिज्योति अन्तरविद्यालयस्तरीय ‘सिक्स ए साइड’ फुटबल बिहीबारदेखि


0
Shares

काठमाडौं, मंसिर २६ । प्रथम त्रिज्योति अन्तरविद्यालयस्तरीय ‘सिक्स ए साइड’ फुटबल बिहीबारदेखि हुने भएको छ ।

काठमाडौंको कपनस्थित विद्यालय स्थापनाको २५औं वर्ष प्रवेशको उपलक्ष्यमा प्रतियोगिता गर्न लागिएको विद्यालयका प्रधानाध्यापक डा. भगवान अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा आयोजकका दुईसहित २१ विद्यालयका २२ टिमले सहभागिता जनाउँदैछन् ।

८ ओटा समूह बनाएर प्रतिस्पर्धा गराइने प्रतियोगितामा पाँच फिटभन्दामुनिका खेलाडीलेमात्र सहभागिता जनाउन पाउनेछन् ।

आगामी पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरु अधिकांश बूढानीलकन्ठ नगरपालिकाभित्रका हुन् ।