२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्माण सुरु भएको चार वर्ष बित्दा पनि बनेन पुल


0
Shares

कान्छाराम कन्ट्रक्सन देव एन्ड सायर जेबीले २०७४ साल वैशाखमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने पुल निर्माणको ठेक्का लिएको थियो । तर म्याद थप गरेर पनि ठेकेदार कम्पनीले निर्माणको काम भने सकेको छैन ।

६५ मिटर लामो पुल निर्माण शुरु भएको चार वर्ष वितिसक्दा पनि काम नभएपछि स्थानीय आक्रोसित बनेका छन् । तीन वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको ठेकेदार कम्पनीले पुनः एक वर्ष म्याद थप गर्ने तयारी गरिरहेको छ । पुल निर्माणका लागि ६ करोडमा ठेक्का सम्झौता भएको थियो ।