
‘छोरीका निम्ति स्वर्णिम भविष्य नेपाल महाअभियान, बालविवाहविरुद्ध संकल्प यात्रा’ को शुरुवात गर्दै गाउँपालिकालाई बालविवाह मुक्त बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले समृृद्ध गाउँपालिका बनाउने योजना अनुरुप बालविवाह मुक्त अभियानको सुरुवात गरिएको बताए । उनले केही वर्षभित्रै गाउँपालिकालाई बालविवाहरहित बनाउने उद्घोष गरे ।
गाउँपालिकाका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, उद्योगी ब्यवसायी, आमा समूह तथा अन्य सरोकारवालाहरुको सो अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्