
पोखरा, मंसिर २६ । गन्डकी प्रदेशका प्रदेशप्रमुख बाबुराम कुँवरले नागरिकको शिक्षा र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ कास्कीले आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’को बुधबार पोखरामा उद्घाटन गर्दै उनले सीप सिक्न जहाँ गएपनि सेवा भने आफ्नै देशमा गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।
उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको शैक्षिक मेला तीन दिनसम्म चल्नेछ ।
मेलामा विभिन्न देशका विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेट्ने अवसरसमेत मिलाइएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्