Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


पाटेबाघको छालासहित दुईजना पक्राउ


0
Shares

काठमाडौं, मंसिर २६ । प्रहरीले पाटेबाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित आकाशेपुलनजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

एटीएम मेसिन तोडफोडमा संलग्न समातिए

त्यस्तै, प्रहरीले बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम मेसिन तोडफोडमा संलग्न सिरहाको सुखीपुर नगरपालिका–६ घर भइ हाल कामपा–३१, देउराली क्लबमा बस्ने वर्ष १८ का किशोर यादवलाई नियन्त्रणमा लिएको छ ।

निजले पैसा चोर्ने उद्देश्यले एटीएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेजका आधारमा यादवलाई उक्त बैंक रहेको भवनमा बसिरहेको अवस्थामा फलामको रडसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चोर पक्राउ

यसैगरी, कामपा वडा नम्बर–३२, सुविधानगरस्थित एक घरमा कोही नभएको मौकापारी गरगहना तथा नगद चोरी गर्ने मकवानपुरको पौरहीका १८ वर्षीय नवीन विकलाई प्रहरीले चोरी गरेको धनमालसहित नियन्त्रणमा लिएको छ ।

निजको साथबाट रु सात हजार ५००, सुनको सिक्री एकथान, मंगलसुत्र दुुईथान, ल्यापटप र मोबाइल एक/एकथान र घर फोर्न प्रयोग गरेको औजारसहित बरामद गरेको प्रहरीले जनाएको छ । रासस