
काठमाडौं, मंसिर २६ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत् ललितपुरको कुपन्डोलमा निर्माण गरिएको महानगरीय प्रहरी प्रभागको भवन बुधबार उद्घाटन गरिएको छ ।
स्थानीय जनश्रमदान र सहयोगबाट १७ लाख रुपैयाँमा भवन निर्माण गरिएको हो ।
प्रभाग भवनको उद्घाटन गर्दै महानगरीय उपत्यका प्रहरी प्रमुख शैलेश थापा क्षत्रीले जनताको सुरक्षा गर्न जनताकै सहयोग आवश्यक भएको भन्दै प्रहरीले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा कुपन्डोलको प्रवेशद्वारमा निर्माण गरिएको बुद्धको प्रतिमासमेत अनावरण गरिएको थियो ।
विभिन्न संघ–संस्था र व्यक्तिको सहयोगबाट निर्माण गरिएको बुद्धको प्रतिमा पूजा–आजासहित अनावरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्