१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


म्याग्दीका उद्यमीले तयार पारेका अल्लो पुवाका कपडा लोकप्रिय बन्दै


0
Shares

जिल्ला लघुउद्यम विकास समिति म्याग्दीको आर्थिक र प्राविधिक सहयोगमा म्याग्दीका लघुउद्यमीले सदरमुकाम बेनी र धौलागिरि गाउँपालिकाको ताकममा जंगलमा खेर गइरहेको अल्लो पुवालाई प्रशोधन गरी धागो निकालेर त्यसबाट कपडा उत्पादन गर्दै आएका छन् ।

स्थानीय स्तरमा चाल्ने सिस्नो भनेर चिनिने अल्लोपुवाबाट निर्मित कपडा मजवुत, आकर्षक र न्यानो हुने भएकाले त्यस्ता कपडाको माग बढ्दै गएको लगनशील ढाका उद्योग बेनीकी सञ्चालक लिलादेवी पुनले बताइन ।

ढाका उद्योगको नाममा दर्ता भए पनि पुनले सञ्चालन गरेको उद्योगमा अल्लोका कपडा निर्माण हुँदै आएका छन् ।

अल्लोबाट पुनले टोपीदेखि जुत्तासम्मका सामग्री निर्माण गर्दै आएकी छिन् । म्याग्दीमा बनाइएका अल्लोका कपडाको माग अहिले विदेशबाटसमेत आउने गरेको व्यापारीहरु बताउँछन् ।

म्याग्दीमा जारी छैठौं म्याग्दी महोत्सवमा अल्लोका कपडाको स्टल पनि आकर्षणको केन्द्र बनेको छ ।

प्रचारप्रसार र वजारीकरण गर्न सक्ने हो भने अल्लो कपडा उद्योगबाट म्याग्दीमा सयौं व्यक्तिले रोजगारी पाउनुका साथै आयआर्जनको बलियो माध्यम बन्न सक्ने उद्यमीहरुले बताएका छन् ।