२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश प्रमुख नियुक्तिबारे छलफल गर्न पाँच दलका शीर्ष नेतालाई आयोगले बोलायो


0
Shares

निकास दिनुको साटो आरोप प्रत्यारोपमा उत्रिएपछि दलहरुलाई आयोगले आज छलफलमा बोलाएको हो ।

निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना रहेका पाँच दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेतालाई आयोगले बोलाएको हो ।

आयोगले प्रदेश प्रमुखको नियुक्तिमा भइरहेको ढिलाई, त्यसले पार्न सक्ने प्रभाव, राष्ट्रिय सभा निर्वाचनको विधि, प्रक्रिया र अन्य संवैधानिक तथा कानुनी जटिलताबारे छलफल गर्न उनीहरुलाई बोलाइएको जनाएको छ ।