१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


बझाङको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल तपोवन ओझेलमा


0
Shares

सेती नदीको किनारमा रहेको तपोवनमा तातोपानीका मुहानसमेत रहेका छन् । पौराणिक कथन अनुसार शीव–पार्वतीले तपस्या गरेर तातो पानीका मुहानहरु निस्किएको जनविश्वास छ ।

यहाँ तातोपानीमा नुहाउन बझाङका साथै बाजुरा, डोटी, डडेल्धुरा, अछाम, दार्चुला, बैतडी, कैलाली कन्चनपुरलगायतका जिल्लाका मानिस आउने गर्दछन् ।

तातो पानीमा स्नान गर्दा छालासम्बन्धी सम्पूर्ण रोग निको हुनुका साथै मनले चिताएको पुग्ने विश्वास स्थानीयको छ ।

यहाँ विवाह ब्रतबन्ध जस्ता शुभ कार्यसमेत गर्ने गरिएको छ ।

विगतमा २० भन्दा बढी तातोपानीका मुहान भए पनि अहिले सेती नदीले बगाएर एउटा मात्रै मुहान बाँकी रहेको स्थानीय बताउँछन् ।

तपोवन पुग्ने बाटो साँघुरो भएका कारण तिर्थालुलाई समस्या हुने गरेको छ ।