सूर्योदय नगरपालिकाको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति • Image Khabar Image Khabar


सूर्योदय नगरपालिकाको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति


Imagekhabar
२ माघ २०७४, मंगलवार ११:४०

सूर्योदय नगरपालिकाको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

मंगलबार विहान करिब २ बजेको समयमा सुर्योदय–४ बस्ने मन कुमारी राईको भान्सा कोठाबाट अचानक आगोलागी सुरु भएको थियो ।

आगलागीबाट २ तले कच्ची भान्सा घर तथा नजिक रहेको भुईतला पक्की र माथिको तला काठको र टिनको छाना भएको घर समेत गरी दुईवटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी श्रीअन्तुका प्रहरी र स्थानीयबासी भएर आगो विहान ८ः४० बजेमात्र पुर्ण रुपमा नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्