
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्तिको सिफारिस गर्न आजै दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएकाले मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।
प्रतिक्रिया दिनुहोस्