
काठमाडौं । शिक्षाविद्हरुले शिक्षा ऐन पूर्णतः कार्यान्वयनमा नआउँदा ‘सबैका लागि शिक्षा’ भन्ने सरकारी नारा अलपत्र परेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज भएको शिक्षा अधिकारका लागि राष्ट्रिय नागरिक सम्मेलनमा सहभागी शिक्षाविद्हरुले सरकारको शिक्षा नीति प्रष्ट नभएको पनि आरोप लगाए ।
शिक्षालाई मौलिक हकका रुपमा व्यवस्था गरिए पनि त्यसअनुरुप कार्यान्वयनमा आउन नसकेको उनीहरुको भनाई थियो ।
शिक्षा पद्धति परम्परागत भएकाले गुणस्तरीय शिक्षा ओझेलमा परेको उनीहरुको भनाई थियो ।
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्वाहाम्फेले शिक्षा प्रणालीलाई वैज्ञानिकीकरण गर्दै ग्रामीण तहसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याइन् ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले नेपालको शैक्षिक समस्याका बारेमा सरकारलाई पटक–पटक प्रतिवदेन बुझाए पनि सरकारको ध्यानाकर्षण नभएको गुनासो गरे ।
दुई दिनसम्म चल्ने सम्मेलनले नेपालको शैक्षिक रणनीति तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्