
नेपाली सेनाले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नगरी आफैं बनाउने निर्णय गरेको जानकारी गराएको हो ।
डिटेल इन्जिनियरिङ गर्न आह्वान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिने आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले जानकारी दिए ।
लामो विवादपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले वैशाख २१ गते द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । योसँगै काठमाडौंलाई तराईसँग जोड्ने द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम अघि बढ्ने छ ।
अहिलेसम्म फिल्डमा ३३१ सैनिक परिचालन गरेको तथा जंगल फडानी गर्न २०६ जना सैनिक खटाइएको सेनाले जनाएको छ । फास्ट ट्रयाकमा पर्ने पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बाटो खन्नका लागि आवश्यकीय हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरण खरिद गरी फिल्डमा पुर्याइसकिएको पनि जानकारी दिइयो ।
प्रतिक्रिया दिनुहोस्