
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे पनि त्यो सफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक भोलिका लागि सारिएको हो । बैठक भोलि विहान बस्ने गरी सारिएको हो ।
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न विपक्षी दलको पनि सहमति खोज्न प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि आज सफल हुन नसकेपछि मन्त्रिपरिषद बैठक नै सारिएको हो । दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलो गरेको छ ।
एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन् । सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।
प्रतिक्रिया दिनुहोस्