२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अविनाशको ‘लाइसेन्स ठेक्का’मा अविनाश र मान्सीको रोमान्स(भिडियो)


0
Shares

काठमाडौं ।  गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ ।

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर दिएकी छिन् ।

गीतमा अविनास र मुनाकै शब्द तथा संगीत रहेको छ । गायक भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो । गीतको म्युजिक भिडियोमा भने अविनाश र मान्सी लामाले अभिनय गरेका छन् ।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियो अनिल के.मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

यसअघि घिसिङको ‘कलकत्ते काँइयो’ रिमिक्स गीतलाई धेरैले रुचाउनुका साथै दर्शकमाझ गीतले चर्चा बटुलेको थियो ।